सनाखत हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका-१२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी-७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका-१० का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ ।