प्युठान २७ भदौ
लुम्बिनी प्रदेशको प्युठान जिल्लामा आइतबार अनेरास्ववियु अखिल (क्रान्तिकारी) प्युठानको २० औ जिल्ला सम्मेलन बाट प्रेम बिश्वकर्माको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गर्दै जिल्लाको केन्द्रबिन्दु जुम्री बजारमा कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ।
जसको उपाध्यक्षमा क.सुन्दर के.सी,क.सन्जय श्रेष्ठ,क.सुजता थापा र क.सुशीला घर्ती सचिव :क.आनन्द जि.सी.
सहसचिव क.गिर जाेन(बि.क.) र क. सुरज खनाल
काेषाध्यक्ष क.अनुज पछाइ लगायत नबनिर्वाचित जिल्ला कमिटीलाई बधाई एवं सफल कार्यकालको शुभकामना।
कार्यक्रममा अखिल ( क्रान्तिकारी )का केन्द्रिय उपाध्यक्ष एवं युवा नेता तिलकराज भण्डारी, नेकपा ( माओवादी केन्द्र )का प्रदेश कमिटी सदस्य कृष्ण घिमिरे, अखिल ( क्रान्तिकारी )का केन्द्रिय उपमहासचिव मिलन एमसी, केन्द्रिय सदस्यहरु,मित्रवत विद्यार्थी संगठनका नेताहरु लगायतले महत्वपूर्ण मन्तव्य राख्नुभयो।