Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजविद्यार्थी आन्दोलनको नेतृत्व अनेरास्ववियू (क्रान्तिकारी)ले गर्छ:सिंह

विद्यार्थी आन्दोलनको नेतृत्व अनेरास्ववियू (क्रान्तिकारी)ले गर्छ:सिंह

सुर्खेत २७ भदौ
सुर्खेत जिल्ला अनेरास्ववियू (क्रान्तिकारी)की उपाध्यक्ष पन्चा सिंह अबको विद्यार्थी आन्दोलन पृथक् ढंगले अगाडि बढाइने बताएकी छन्। अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत जिल्लाको २२ औं जिल्ला सम्मेलनमा सिंहले अबको विद्यार्थी आन्दोलनको मुख्य नेतृत्व अनेरास्ववियू (क्रान्तिकारी)ले गर्ने बताइन्।उनले अहिले शिक्षा र जनजीविकाका सवालहरू ओझेलमा रहेकोले बताइन्।

उक्त मुद्दामा अखिल क्रान्तिकारी नागरिकका साथमा उभिनु पर्ने सिंहले जिकिर गरिन। जनमुखी बजेटका विरुद्ध नेकपा एमालेले संसदमा अमर्यादित ढंगले आफ्ना गतिविधि गरेको भन्दै सिंहले उक्त कार्यको भर्त्सना समेत गरिन्। उनले एमाले सांसदहरूलाई संसदमा नभएर टुँडिखेल गएर रेस्लिङ खेल्ने आग्रह गरिन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्र सुर्खेत जिल्ला समन्वय समिति इन्चार्ज नरबहादुर विष्ट तथा सह इन्चार्ज सुदिप मल्ल, प्रदेश संयोजक अम्मरजंग शाही, प्रदेश सहसंयोजक राजेन्द्र बुढा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments