कोहलपुर/ ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले ७ जना जुवाडेलाई तास खेलिरहेको बेलामा पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले साढे ३ लाख रकम पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–८ पिपिरी स्थित मंगलबार जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका कोहलपुर प्रहरीले राती साढे १२ बजे दिउँसो गरेको (स्टिङ्ग अप्रेसनमा)छापा मारेको थियो । पिपिरी नजिकैको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय बाँके र इप्रका कोहलपुरको टोली र सहित केही सादा पोसाकमा खटिएका प्रहरीको सक्रियतामा उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले बताएका हुन् ।
चाडपर्व भित्रिएसँगै जुवाडेहरु सलबलाउन थालेका छन् ।
केही दिन अघि पनि प्रहरीले बैजनाथबाट तीन जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरुलाई पनि जंगलबाटै पक्राउ गरिएको थियो । घरमा प्रहरीले छापा हान्ने भएकाले जुवाडेहरुले जंगल क्षेत्रलाई जुवाखाल बनाउन थालेका छन् ।