नेकपा एमालेको देशब्यापी रूपमा स्थानीयतह गाउँपालिका नगरपालिका स्तरीय कमिटी बुधबार देखि शुरु भएकोछ जसमा बाँकेको बैजनाथमा नेकपा एमाले राज्यपुनःसंरचना पछिको प्रथम गाउँपालिका अधिबेशनमा उम्मेद्बारी तथा आकांक्षा धेरैका भएपनी नेकपा एमाले बैजनाथ गाउँपालिकामा सर्बसहमत नेतृत्व चयन भएको छ।
नेकपा एमाले बैजनाथ गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा ईन्द्र बहादुर थापा,उपाध्यक्ष प्रेम पुर्न योगि,सचीव प्रेम सुवेदी,स-सचीव प्रेम खत्री,स-सचिव एकता शाह पदाधिकारी सहित ७५ जना पालिका कमिटी सर्बसहमत निर्बाचित भएको छ।
उक्त कमिटी निर्माण गर्न बैजनाथ गाउँपालिका सम्पुर्ण वडाहरु बाट ४१३ जना प्रतिनिधि सदस्यहरु बाट ७५ जना छान्दा समस्या अवश्य केहि न केही बाधा आएतापनी ७० जना सदस्य सहित ५ जना अदाधिकारि छनौट गरिएको निर्वाचन मंडलका अध्यक्ष एक प्रमुख अतिथी नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य नन्द विश्वकर्माले बिहिवार नै निर्बाचित सबैलाई सफत ग्रहण सम्पन्न गराएको बताउनु भयो।सहजीकरणमा नेकपा एमालेका नेता रत्न खत्री,घननाथ खनाल,मान बहादुर रुचाल,शारदा विश्वकर्मा मन बहादुर खत्री लगाएतका नेता युवा बिद्यार्थिहरुको उपस्थिति रहेको कार्यक्रम अध्यक्ष एवं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य चन्द्र चौधरीले जानकारी दिनुभयो।