बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको सुनिश्चितता ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस लैङ्गिक शसक्तिकरण सम्बन्धमा बेईजिङ्ग घोषणा पत्रका १२ सवाल सम्बन्धमा अन्तरक्रिया छलफल तथा गोष्ठी कार्यक्रम बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा विश्वकर्माको अध्यक्षतामा र बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख आतिथ्यमा गाउँपालिकाको सभाहल रामपुरमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी राजनीतिक दलका प्रतिनिधि सुरक्षाकर्मी संन्चारकर्मी स्थानीय महिला नेतृत्व र सर्बसाधारण महिला लगाएतको उपस्थिति रहेको थियो। बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐरीले बेईजिङ घोषणा पत्रका १२ सवाल बारे स्पष्ट पार्नका साथै अन्तर्राष्ट्रिय महिला अधिकार र नेपालका प्रमुख राजनितीक दलहरुमा महिलाहरुको स्थान सुनिश्चितता बारे स्पष्ट पार्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रुचालले बैजनाथको स्थानीय सरकारले महिलाहरुको क्षमता बिकास सिपमुलक र आयआर्जन मुखी कार्यमा जोड दिनुका साथै महिलाहरुको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध भएको प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष विश्वकर्माले बैजनाथमा लैङ्गक हिंसा शुन्य भएको र जनचेतनामा स्थानीय स्तरमा वृद्धि हुनुका साथै महिलाहरुले पाउने पुर्ण अधिकारको सुनिश्चित भएको बताउनुका साथै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमको समापन गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐरीले जानकारी दिनुभयो ।