Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा प्रथम ब्याडमिन्टन प्रतियोगिता शुरु

बैजनाथमा प्रथम ब्याडमिन्टन प्रतियोगिता शुरु

बैजनाथ सम्बादाता

बाँकेको बैजनाथ गाउँपालिका ५ रामपुर स्थित शुक्रबार बैजनाथ गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष दिल बहादुर विश्वकर्माको अध्यक्षतामा “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद”भन्ने मुल नाराका साथ बैजनाथ गाउँपालिका स्तरीय प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ नयाँ निर्माण गरिएको रामपुर स्थित ब्याडमिन्टन कोडमा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम बैजनाथ खेलकुद समिति ब्याडमिन्टन संयोजक कमान थापाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मान बहादुर रुचालले गाउँपालिकाको प्रशासनिक केन्द्र लाई प्रचारप्रसारगर्नुका साथै स्थानीय खेलाडीहरुलाई प्रोत्साहन प्रबर्द्धन गर्न खेलको आयोजना गरिएको बताउनुभयो भने अध्यक्ष रुचालले ब्याडमिन्टन कोडमा रकेट हानेर खेल उद्घाटन गर्नुभएको हो।

कार्यक्रमका अध्यक्ष विश्वकर्माले कुल ३० सहभागीता जनाएका छन् भने प्रथम हुनेलाई १५ हजार बराबर सामाग्री प्रमाणपत्र मेडल द्वितीय हुनेलाई १० हजार बराबर सामाग्री प्रमाणपत्र मेडल तृतीयलाई ६ हजार बराबरको सामाग्री प्रमाणपत्र मेडल प्रदान गरिने छ भने सान्त्वना हुनेलाई ४ हजार बराबरको सामाग्री प्रमाणपत्र मेडल प्रदान गरिने खेलकुद बिकास संयोजक दिल विश्वकर्माले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments