Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedमाओवादीमा प्रवेशको लहर:प्रचण्ड

माओवादीमा प्रवेशको लहर:प्रचण्ड

जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य लगाएतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले सुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको बिशेष प्रशिक्षण कार्यक्रमा जिल्ला समन्वय समिति, जाजरकोट उप–प्रमुख आचार्य लगाएत १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।

बीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले जिल्ला समन्वय समिति, जाजरकोटका उप–प्रमुख आचार्य लगाएत १० जनालाई फुलमाला, अवीर लगाउनुको साथै पार्टी सदस्यता प्रदान गरेर माओवादी केन्द्रमा स्वागत गरेका थिए । नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नेहरुमा जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्क बहादुर विक, लिले वर, भाने वर, बल बहादुर विक, खिम बहादुर नेपाली, मोहन विक, रामकुमारी कामी लगाएतको टीम रहेको नेकपा (माओवादी केन्द्र) जाजरकोटले जनाएको छ ।

नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका जिल्ला समन्वय समितिका उप–प्रमुख आचार्य झण्डै ३१ बर्षभन्दा लामो समय नेपाली काँग्रेस पार्टीमा रहेर सक्रिय राजनीति गरेका नेता हुन् । निष्ठा र समर्पणको राजनीति गर्दै आएका नेता आचार्य नेपाली काँग्रेस भेरी नगर कार्यसमितिका पूर्व सभापति हुन् । पूर्व जिल्ला कार्यसमिति कोषाध्यक्षकाे जिम्मेवारीमा रहेर पार्टीको महत्वपूर्ण भुमिका निर्वाह गरेका आचार्य नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखाको पूर्वउपसभापति पनि हुन् । नेपाली काँग्रेस, जाजरकोटको पार्टी निर्माणमा आचार्यको महत्वपूर्ण भुमिका रहेको मानिन्छ । त्यसैगरी भेरी नगरपालिका–११ का नैने कामी नेपाली काँग्रेसको पूर्व जिल्ला कार्यसमिति सदस्य हुन् भने, हिरा प्रसाद आचार्य नगर कार्यसमिति सदस्य हुन् । नेपाली काँग्रेस वडा कार्यसमिति सचिव समेत रहेका हर्क बहादुर विक शंकर माध्यामिक विद्यालय जगतिपुरका व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । लिले वर नेपाली काँग्रेस वडा कार्यसमितिको पूर्व उपसभापति हुन् भने, भाने वर पूर्व वडाअध्यक्ष हुन् । बल बहादुर विक वडा कार्यसमिति सदस्य हुन भने, खिम बहादुर नेपाली तरुणदलको वडा समिति सदस्य हुन । मोहन विक, राम कुमारी कामी क्रियाशिल पार्टी सदस्य मात्र भएता पनि बलियो जनाधार भएका नेतामा गनिन्छन ।

हाल टुटफुटको अबस्थामा नपुगेता पनि नेपाली काँग्रेस गुटको राजनीतिबाट माथि उठ्न नसकेको जिल्ला समन्वय उपप्रमुख आचार्यले बताएका छन् । जीवनको लामो समय काँग्रसको राजनीतिक अनुभव हासिल गरेका आचार्यले गुटको राजनीतिबाट माथि उठ्न नसकेको काँग्रेस पार्टीको नीति तथा कार्यक्रमबाट देशको विकास, जनताको समृद्धी र अधिकार ग्यारेन्टी सम्भव नभएको बताएका छन् । लामो समयसम्म देशमा एकलौटी राज गरेको काँग्रेस पार्टीसंग स्पष्ट भिजन र मार्गदिशा नभएको हुदा देशले बेला–बेलामा ठुला–ठुला पिडाहरु भोग्नु पर्ने अबस्था आएको आचार्यले भनाई राखेका थिए । देशलाई नै दिशा विहिन बनाई राख्ने काँगेस पार्टीमै रहेर निरन्तर राजनीति गरेमा आफुलाई भावी पुस्ताले सराप्ने छ नेता आचार्यले भनेका थिए । अहिले यो देशको नेतृत्व कहिले काँग्रेस, कहिले नेकपा एमालेले गर्ने गरेको भएता पनि देश नेकपा (माओवादी केन्द्र) को राजनीतिक एजेण्डामा चलिरहेको बताउदै आचार्यले देश संचालनका लागि जसको राजनीतिक एजेण्डा उसकै राजनीतिक नेतृत्व आबश्यक रहेको बताए । माओवादीको राजनीतिक एजेण्डामा देश चलिरहेको छ भने, देशको नेतृत्व माओवादीले किन गर्न नपाउने ? प्रतिपश्न गर्दै आचार्यले भने–‘देशको समृद्धी र विकासका लागि जसको राजनीतिक एजेण्डा उसकै नेतृत्व हुन आबश्यक छ, नेपाली काँग्रेस र नेकपा एमालेको नेतृत्वमा यो देशको विकास र समृद्धी हुन्छ भनेर अझै पनि भ्रम पालेका काँग्रेसीजन र एमालेजन सबैले वेलैमा ध्यान दिन आबश्यक छ ।’

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुखेतमा तीन दिनसम्म प्रदेश स्तरीय बैठक तथा बिशेष प्रशिक्षण संचालन गरेको नेकपा (माओवादी केन्द्र) ले “गाउँ, नगर, घरघर जाऔँ, माओवादी केन्द्रलाई विजयी गराऔँ ।” भन्ने चुनावी नारा तय गरेको छ । उक्त चुनावी नारालाई लिएर नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटा पालिकामा एक साथ पार्टीको कार्यक्रम लिएर जाने तयारी गरेको बुझिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments