बाँके जिल्ला बैजनाथ गाउँपालिका ५ जि गाउँ स्थित नेकपा एकीकृत समाजवादी बाँके क्षेत्र नम्बर ३ का अध्यक्ष भद्र प्रशाद देवकोटाको अध्यक्षतामा क्षेत्रीय कमिटी सचिवालय सदस्य स्वर्गीय सुरत सिंह ठकुरीको १३ औं पुन्यतिथीको अवसरमा नेकपा एकीकृत समाजवादी द्वारा सिंहको निजि निवास जि गाउँमा शुक्रबार श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी बाँके जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापा
जिल्ला सचीव दिपक जि एम अनेमसंघ समाजवादी केन्द्रिय सदस्य मन्जु कोइराला लगाएत नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुको उपस्थितिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको थियो भने उक्त कार्यक्रमको सन्चालन नेकपा एकीकृत समाजवादीका नेता बिस्नु कान्त आचार्यले गर्नुभएको युवा संघ नेपाल बैजनाथ अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।