Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedकुशेमा काङ्ग्रेस त्यागेर ४० जनाले रोजे माओवादी केन्द्र

कुशेमा काङ्ग्रेस त्यागेर ४० जनाले रोजे माओवादी केन्द्र

जाजरकोट, कुशे गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरि करिब ३ दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन । कुशे गाउँपालिकाको वडा नं ९ मा करिब ४० जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।
बिहिवार कुशे गाउँपालिकाको ९ पैंकमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस छोडेर करिब ४० जना बढिले माओवादीमा प्रबेश गरेको माओवादी केन्द्रका कुशे गाउँपालिकाका इन्चार्ज जनकराज गौतम अमृतले जानकारी दिए ।
अमृतका अनुसार प्रबेश गर्नेमा प्रेम बहादुर खड्का, भिम बहादुर खड्कालगायत ४० जनाले प्रबेश गरेका हुन ।

काँग्रेसी सरकारले जनतालाई समृद्धि भन्दा सास्ती दिएको भन्दै उनिहरूले माओवादी केन्द्रमा प्रबेश गरेको बताएका छन । नवप्रबेशीहरूलाई कुशे गाउँपालिका सह इन्चार्ज जनकराज गौतम अमृतले अबिर लगाएर स्वागत गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments