बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा द्वारा हात्तीपाइले रोग निवारण अभियान अन्तरगर्त आम औषधि सेवन कार्यक्रमको सम्पुर्ण क्रियाकलापहरु सम्पन्न भएका छन् ।
जस अन्तर्गत पालिका स्तरीय कार्यक्रममा जनप्रतिनिधि राजनितीक दलका प्रतिनिधि कर्मचारी सुरक्षाकर्मि स्वास्थ्यकर्मी महिला सन्जालका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत सरोकार वाला सबै निकाय हरुको अन्तरक्रीया स्वास्थ्यकर्मिहरुलाई तालिम महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम र प्रत्येक वडाहरुका टाेल बस्तिहरुमा स्वास्थ्यकर्मी द्वारा जनचेतना मुलक कार्यक्रम पालिका भरी विभिन्न ४० स्थानमा कार्यक्रम सप्पन्न गरिएको छ।
औषधि तथा आवश्यक स्वास्थ्य सामाग्रीहरु सबै वडाका स्वास्थ्य संस्थाहरुमा पुर्याई सकिएको छ भने फागुन २८ गते शनिबार देखि घर घरमा स्वास्थ्यकर्मी द्वारा हात्तिपाईलेको औषधि खुवाउने शुरु गरिने छ ।
घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम अभियान ९ दिनसम्म निरन्तर चल्ने छ। उक्त हात्तीपाईले निवारण गर्न सबैलाई औषधि सेवन गर्न स्वास्थ्य शाखाले अनुरोध गरेको छ भने गर्भवती २ बर्षमुनिका बालबालिका सिकिस्त बिरामी जो बिस्ततामा हुनुहुन्छ उहाँहरु बाहेक अन्य सबैलाई रोग निवारणका लागि अनिवार्य औषधि पुर्याउन खुवाउन हरेक घरमा स्वास्थ्यकर्मी पुग्ने कार्यक्रम रहेको छ।यश पटकको हात्तिपाईलेको औषधि पुर्ण रोग निवारणका लागि खुवाउने भएकाले सबैले औषधि सेवन गरि दिनुहुन बैजनाथका स्थानीय बासिहरुलाई स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले अनुरोध समेत गर्नुभएको छ।