नेपालगन्ज : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तोकिए संगै बाँकेको स्थानीय तहमा राजनैतिक दलहरु नेता तथा कार्यकर्ता भित्राउन सक्रिय बन्दै गएका छन् ।सोही क्रममा नेकपा एकीकृत समाजबादी बाँकेले खजुरा गाउँपालिका ४ मा प्रभावशाली महिला नेतृलाई पार्टिमा भित्राएको छ ।
स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एकीकृत समाजबादी बाँकेले खजुरा गाउँपालिकामा नेकपा एमालेको सकृय महिला नेतृ तथा सहकारीकर्मी समेत रहेकी दुर्गा देवि खत्रीलाई पार्टिमा भित्राएको हो ।
नेकपा (एमाले) परित्याग गरि खजुरा गाउँपालिका वडा नम्बर ४ निवासि समाजसेवी ससक्त महिला नेतृ दुर्गा देवि खत्री, लोक बहादुर खत्री नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेकोमा खुसी ब्यक्त गर्दै नेकपा समाजबादीका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।
खजुरा गाउँपालिकामा राम्रो पकड राख्न सक्ने महिला नेतृत्व समाजबादी आन्दोलनमा सहभागी भएको र यो क्रम खजुरामा मात्रै नभएर बाँके जिल्ला भरी नै चल्ने नेकपा एकीकृत समाजबादी बाँकेका नेता ऋषि पोखरेलले बताएका छन् ।