Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedराप्ती सोनारीमा शीत भण्डार शिलान्यास

राप्ती सोनारीमा शीत भण्डार शिलान्यास

राप्तीसाेनारी-७ चैत: तरकारी तथा कृषि उत्पादनको पकेट क्षेत्र मानिने राप्ती सोनारी गाउँपालिकामा शीत भण्डार स्थापना हुने भएको छ । राप्ती सोनारी गाउँपालिका–४ रामकुटीमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सोमबार एक कार्यक्रम शित भण्डारको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थारुले कृषिलाई व्यवसायीकरण गराउन शीत भण्डार कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । गाउँपालिकामा आवश्यकतालाई महशुस गरी किसान र उपभोक्ताहरुको लागि शित भण्डार निर्माण गर्न लागिएको अध्यक्ष थारुले बताए । शित भण्डार निर्माण भएसँगै किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताउदै अध्यक्ष थारुले कोल्ड स्टोरको अभावमा राप्ती सोनारीका कृषकहरूलाई पर्दै आएको मर्कालाई ध्यानमा राखेर कोल्ड स्टोर निर्माण कार्य अघि बढाइएको उनले बताए ।

शीत भण्डारमा कृषि उपज राखे वापत किसानले केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने अध्यक्ष थारुको दाबी छ । अध्यक्ष थारुले समयमै गुणस्तरीय काम गर्न गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिए । राप्ती सोनारी गाउँपालिकाको लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो । कुल १ करोड १५ लाख १० हजार ६ सय ३७ हजार रुपैयाँ मुल्य बराबरको लगानीमा निर्माण गरिने शीत भण्डार आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

६ सय ४० क्वीन्टल क्षमता भएको शित भण्डार निर्माणले राप्ती सोनारीको किसानलाई निकै सहज हुने आशा गरिएको छ । ५ बिगाहा क्षेत्रफलमा निर्माण हुन लागेको शीत भण्डार निर्माण भएपछि प्याज, आलु, घुईया,लसुन लगायतका बिउँ बिजन र अन्य फलफुलहरुलाई राखिने राप्ती सोनारी वडा नं. ४ का वडाध्यक्ष कान्छा थारुले बताए । शित भण्डारको निर्माणको जिम्मा ग्रो अप कन्स्ट्रक्सन एण्ड विल्डर्सले लिएको छ । शीत भण्डार निर्माण भएपछि तरकारी र फलफूलको खेती गर्ने व्यावसायिक कृषकले आफ्ना कृषिउपजको भण्डारनमा सहजता हुनेछ ।

भण्डार गृहको ठूलो समस्या भोगिरहेका यस क्षेत्रका किसानहरुले भण्डार गृह निर्माण भएपछि फलफूल र तरकारीको व्यावसायीकरणले फड्को मार्ने अपेक्षा गरेका छन् । यसअघि स्थानीय कृषकले कोहलपुरमा रहेको शीत भण्डार गृहमा पु¥याउनुपर्ने समस्या थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments