Friday, February 7, 2025
spot_imgspot_img
Homeस्थानीयराप्तीसोनारी ४ मा माओवादी केन्द्रको प्यानल बिजयी

राप्तीसोनारी ४ मा माओवादी केन्द्रको प्यानल बिजयी

बैजापुर,
राप्ती सोनारी गाउँपालिका वडा न. ४ मा नेकपा माओवादी केन्द्रले भारी मतान्तरमा जित हात पारेको छ । आज बिहान आएको अन्तिम नतिजा अनुसार वडा अध्यक्षमा मिनराज खड्का (सन्तोष) सहित पुरै प्यानल भारी मतले जितेको हो । अध्यक्ष खड्काले प्रतिद्धण्दी काँग्रेसका कान्छा थारु संग ७ सय ४ मतान्तरले जितेका हुन । अध्यक्ष पदमा विजेता खड्काले १ हजार ९ सय ६१ मत ल्याएर विजयी भए भने उनको प्रतिद्धण्दी थारुले १ हजार २ सय ५७ मत ल्याएका थिए । सुर्यले ५ सय ९७ मत र हलो ले २२ मत प्राप्त गरेको छ । यसैगरी माओवादी बाटै सदस्यहरु मगरे थारु, मदन थारु, दलित सदस्य नुमा वि.क महिला सदस्य सोहनी थारु विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा छिनो मतले कान्छा संगै हार व्यहोरेका सन्तोष डाक्टर यसपाली जितेका हुन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments