बाँके:कुनैपनी देशको सडक सुरक्षा त्यस देशको ट्राफिक प्रहरीले नियमन नियन्त्रण गर्ने गर्दछ।
हाम्रो देश नेपाल हिमाल पहाड तराई गरेर तीन तहमा बिभाजन भएको छ। जसमा सडकको दुर्दशा हरेक बर्ष मर्मतमै कुल लागत भन्दा धेरै लगानी भएका कयौं सडक छन् ।कर्णाली प्रदेश त झनै भौगोलिक बिकटता त्यसमा पनि ओभरलोड क्षमता भन्दा धेरै सवारी बोक्ने बानी परेका गाडी धनी चालक सह-चालक त्यसैलाई एउटा चिट काटेर छुट दिने ट्राफिक प्रहरीको प्रचलन असाध्यै गैरजिम्मेवारी बनेकोले आम नागरिकले सास्ती भोगी रहेका छन् ।
कर्णाली प्रदेशको मुख्य द्वारको रूपमा रहेको बाँके जिल्ला भन्सार देखि नै सुर्खेत रोडको नामले चिनिने भन्सार देखि अप्पर डाेल्पामा पर्ने धो सम्म सडकको अवस्था कमजोर छ ।कर्णालीका जिल्ला सदरमुकाम सम्म पुग्ने सडक पनि जोखिमपूर्ण छन् । नेता परिबर्तन भए शासन प्रणाली परीवर्तन भयो । जनताको सास्ती उस्तै छ।एकले अर्कोतिर ईसारा गरेर नै जिम्मेवारी पन्छाउँदै गरेका कयौं उदाहरण छन् ।ट्राफिक नियम बिपरित ओभरलोड पुराना गाडी पहाडका कच्ची सडकमा जो कोई पनि डराउने जस्तो भयंकर दृश्य सँगै न य नजिक प्रहरी चौकी छन् । न त नजिक अस्पताल उद्वार गर्ने मान्छे पनि आउन कुर्नुपर्ने बाध्यता छ। त्यसैले सरकारले बस्ती ब्यवस्थापन सडक नजिक गर्नुपर्छ र यातायात विद्युत र खानेपानीको ब्यवस्थापन सँगै जिबनसैली सहज बनाउन सरकार पहल गर्नुपर्छ हैन भने यसरी नै राज्यले न त नागरिकको ज्यान सुरक्षीत गर्न सक्छ न त दुर्घटना लाई पुर्ण रूपमा बन्द गर्न सक्छ। अन्तमा ट्राफिक नियमको पालना गरौं तराई होस चाहे पहाड या फेरि हिमाल नै किन नहोस सवारी साधन राम्रोसँग चेकजाँच गरेर क्षमता भन्दा धेरै सवारी बोक्न नि बन्द गर्नुनै दुर्घटना न्यूनीकरण पार्न सकिन्छ । नत्र जस्ता थिए महाराज उस्तै भने भैरहने छ।