Wednesday, February 5, 2025
spot_imgspot_img
HomeUncategorizedअर्गानिक तरकारी बाट मनग्य आम्दानी गर्दै बैजनाथका चुल्हौ

अर्गानिक तरकारी बाट मनग्य आम्दानी गर्दै बैजनाथका चुल्हौ

बाँके:झट्ट हेर्दा ब्यापारी जस्तो देखिने अगाडि मनि ब्याग भिरेका फमका काला जुत्ता लगाएका कालो सुरुवाल लगाएका बैजनाथ गाउँपालिका ६ गडरहि निवासी बर्ष ५१ का चुल्हौ थारुको लोभ लाग्दो तरकारी खेती देख्दा मनै लोभिने गर्दछ।
त्यो भिरेको ब्यागमा आफुले दिनभरी बिक्री गरेको तरकारीको पैसा राख्ने गरेका चुल्हौ बिगत १४ बर्ष देखि ब्यवसायीक तरकारी खेती गर्दै आउनुभएको छ ।
घरमा श्रीमती र एउटा छोरी छिन् । चुल्हौ बिहान ५ बजेदेखि नै दिनभरी खेतबारीको काममा ब्यस्त हुन्छन् ।
उनको पुर्खा देखीको पेशा हो कृषि उनी भन्छन् पहिला पहिला बुवाले घरमा खानलाई तरकारी खेती गर्नुहुन्थ्यो।

घरमा आफ्नो लागी लगाएको तरकारी अनि उमारेका तरकारीका बिरुवा किन्न गाउँमा वरपरका छिमेकी आउन थालेपछि आफुले खान पनि हुने बिक्री गरेर पैसा पनि हुने भएपछि यसो ब्यवसायिक रूपमा तरकारी खेती गर्ने सोच बनाउको उहाँको भनाई छ। धान,गहुँ,मसुरो,चना,तोरी,आदि जिबिकोपार्जनका लागी लगाउने गरिन्थ्यो। आफ्नो लागी केही तरकारी पनि लगाउने गरेको अलि अलि गाउँमा तरकारी बिक्री हुन थालेपछि आफुले ब्यवसायीक रूपमा तरकारी खेती शुरु गरेको उनी बताउँछन् ।
उहिले केही बर्ष पहिला करिब १४ बर्ष अगाडि जब उनले प्याजको बीउ उत्पादन गते त्यतिबेला १० रुपैयाँ किलो बिक्रि गर्थे त्यतिबेला पनि २.५ क्विन्टल प्याजको बीउ उत्पादन हुन्थ्यो। उनी भन्छन् त्यसपछि केही बर्ष पछि २० रुपैयाँ किलो बिक्री हुन थाल्यो त्यसरी हरेक बर्ष प्याजको बीउ उत्पादन निरन्तर गरीरहे अहिले त्यहीँ पेशाले मनग्ये आम्दानी गर्दै आएका छन् ।

बैजनाथ गाउँपालिका ६ गडरहीमा बिगत १४ बर्ष पहिला टमाटर २ रुपैयाँ किलो भाटा २ रुपैयाँ किलो बिक्री हुँदैन्थ्यो किनकि किनेर खाने मान्छे खोज्नपर्थ्यो।
उत्पादन गरेका तरकारी कोहलपुरमा लैजान पर्थ्यौ कोहलपुरमै समेत बस्ती पातलो थियो उहाँ भन्नुहुन्छ अहिले जनसंख्या वृद्धि भयो र किनेर खाने मान्छे धेरै भए।
उहाँ थप्नुहुन्छ उहिलेका दिनमा हप्ताको २ दिन कोहलपुरमा कृषि हाट बजार शनिबार र मंगलबार आफ्नो तरकारी बिक्री गर्न जान्थ्यौं।केही समयपछि त्यसपछि हप्ताको ३ दिन त्यसपछि आजभोलि दैनिक कृषि मेला लाग्ने गर्दछ।

चुल्हौले ५ किलो प्याजको बीउ ५०% छुटमा स्थानीय बैजनाथको सरकारले अनुदान दिएको थियो।मंसिर २६ गते ५ किलो लगाएको प्याजको बीउ ४००/ चार सय केजि बिक्री गरियो। अहिले प्याजको बीउ रु १०० र रु १२० प्रतिकिलोको घर बाट नै बिक्री भैरहेको छ।
यश अघि बैजनाथ गाउँपालिका बाट कृषि मोटर पाए। प्लास्टिक,मल्चिङ्ग प्लास्टिक,आवश्यकता अनुसार बीउ बिजन पनि अनुदानमा पाउने गरेको उहाँको भनाई छ।

बेला बेला स्थानीय बैजनाथ गाउँपालिका बाट कृषि प्राविधिक आउनुहुन्छ। उहाँहरुले नजानेका धेरै कुरा सिकाउनु हुन्छ। कुल ५ कठ्ठा खेतमा कृषि गर्न २ वटा मोटर अनुदानमा पाएका छन् । घरमा च्याउ खेती पनि छ। कुखुरा र बाख्रा पनि पाल्ने गरेका छौँ । सिजनमा त आफू दुईजनाले काम गर्न नभ्याउने भएपछि हरेक बर्ष १५ हजार देखि २० हजार सम्म ज्यालादारी मजदुरलाई ज्याला दिएर काम गराउने गरिन्छ।


अहिले खेतभरी हराभरा छ। टमाटर,फुलगोभी,ब्रो काउली,बन्दागोभी,करेला,आलु,मुला,साग,प्याजको बीउ,हरियो खुर्सानी,गाजर आदिले पुरा बारी मनै लोभ्याउने देखिन्छ।बर्सिम घाँस बाख्राको लागि छ। त्यही बारीमा कुखुरा चर्न जान्छन् । टन्न दाना खुवाएर बारीमा छोड्दा तरकारी खादैनन् नत्र कुखुराले वारि खान्छन् भन्छन् तर हाम्रोमा अहिलेसम्म खाएका छैनन् ।खेतमा हाल्नलाई पूरा बाख्राको मल पुग्छ नपुगे गोबरमल किनेर हालिन्छ । अर्गानिक तरकारी उत्पादन गरेपछि सबैले खोजी खोजी किन्ने गर्छन् कोहलपुर कृषि बजारमा आफु फुर्सद भयो भने त्यतै लिएर बिक्रि गर्ने उहाँको भनाई छ।
असोज देखि पुस २८ गतेसम्म प्याजको बीउ,काउली,आलु,च्याउ,खुर्सानी बिक्री गरेको २ लाख ८२ हजार १ सय ५० रुपैयाँ जम्मा गर्न सफल भएको चुल्हौ थारुले बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments