बाँके:बैजनाथ गाउँपालिका ५ जि गाउँ स्थित रहेको कृष्ण कमल पार्टी प्यालेस एन्ड रिसोर्टको सभाहलमा आईतवार भएको नेपाली काङ्ग्रेस बैजनाथ समितिको आयोजनामा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य संघीय सांसद किशोर सिंह राठौरले गमलामा भएको बिरुवामा पानी हालेर बैजनाथ नेपाल किसान महासंघ र थारु संघ घोषणा गर्नुभएको छ।
उक्त कार्यक्रमका सभाध्यक्ष देब बहादुर के सी प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेस सह महामन्त्री किशोर सिंह राठौर बिशिस्ट अतिथी लुम्बिनी प्रदेश सभा सदस्य पुर्ब मन्त्री बादसाह कुर्मी लगाएत नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य महाधिवेशन प्रतिनिधि नेपाली काङ्ग्रेस बैजनाथ समितिका पदाधिकारी वडा सभापति एवं पदाधिकारीहरु नेपाल किसान महासंघ अध्यक्ष कपिल जङ्ग शाह एवं १५ सदस्यहरु नेपाल थारु संघ बैजनाथ अध्यक्ष राधेश्याम थारु लगाएत 15 सदस्य घोषणा गरिएको नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि ले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राठौरले देश बिकास गर्ने र आम जनताको पक्षमा जनपक्षीय काम गर्ने नेपालमा नेपाली काङ्ग्रेस बाहेक सबै पार्टी भ्रष्टाचारको चङ्गुलमा परेको बताउनुभयो । असली कम्युनिस्ट पार्टीको नेता मोहन बैध्य हुनुहुन्छ । असली कम्युनिस्ट भएकै कारण अरुभन्दा अलग र कमजोर भएको समेत उहाँले बताउनुभयो ।
आफुले प्रतिनिधि सभा सदस्य सांसद भएदेखि हालसम्म कुनैपनी सरकारी पैसा खाएको छैन । आफुले पाउने भत्ता समेत आफ्नो निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर ३ का दलित गरिब बालबालिकाहरुको शिक्षामा लगाउने घोषणा गर्नुभयो।
दरबारमा जन्मिएका राठौर भन्नुहुन्छ राजनीतिमा दुख हुन्छ भनेर आफ्नो आमाले भनेको कुरा स्मरण गर्दै भन्नुभयो राजनीति निस्वार्थ रूपमा सेवा हो र सेवा मै सिमित बनाउन पर्छ । जब राजनीतिलाई पेशा या कमाउने भाँडो बनाईन्छ तब देशमा भ्रष्टाचार मौलाउने कुरा स्पष्ट पार्दै गलत काम गरे आफ्नै पार्टीको नेताको समेत बिरोध गर्न आवश्यक पर्छ । नत्र सबै काम सहि हो भन्दै गए नेता दलदलमा परेको थाहै हुन्न अनि नेता बिग्रीए देश बिग्रीने उहाँको भनाई रहेको कार्यक्रम संचालनक सुदिप सेढाईले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसमा योगदान पुर्याएका जेष्ठ नागरिकलाई कम्बल हस्तान्तरण गरेर सम्मान ब्यक्त गरिएको थियो। जेष्ठ नागरिकलाई कम्बल उपलब्ध गराउने नेपाली काङ्ग्रेसका नेता एवं समाजसेवी टेक बहादुर खड्कालाई नेपाल किसान संघ बाँके जिल्ला अध्यक्ष लाहुराम थारुले धन्यवाद ब्यक्त गर्नुभएको थियो।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथ किसानको भुमी हो ।आफुले चुनाव जितेको पार्टी नेपाली काङ्ग्रेसले बैजनाथमा नेपाल किसान महासंघ गरेकोमा खुशी ब्यक्त गर्दै स्थानीय सरकारले बिग बजेट किसानसँग पालिका प्रमुख ल्याएकोले स्थानीय सरकार संग समन्वय सहकार्य गरेर किसान जनताका आवश्यकता पूरा गर्न किसान महासंघले काम गर्न अनुरोध गर्दै नवनिर्वाचित नेपाल किसान महासंघ र नेपाल थारु संघका अध्यक्ष लगाएत सबैलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो। स्थानीय सरकार सधैं किसान जनताको साथमा भएको प्रतिबद्धता जाहेर गर्नुभयो।
अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथी बिशिस्ट अतिथी नवनिर्वाचित कमिटीका सम्पुर्ण पदाधिकारी जेष्ठ नागरिक वडा पार्टी सभापति लगाएत नेपाली काङ्ग्रेस प्रती आस्था राख्ने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै सभापति के सीले कार्यक्रम समापन गर्नुभएको सुदिप सेढाईले जानकारी दिनुभयो ।