Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजकृषिकोहलपुर मेयर कपको सम्पुर्ण तयारी पूरा

कोहलपुर मेयर कपको सम्पुर्ण तयारी पूरा

बाँके:कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समिति कोहलपुरको संचालन तथा व्यवस्थापनमा आठौं मेयर कप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि कोहलपुर १ मा रहेको कृष्ण मा.वि.को खेल मैदानमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदकालागि सम्पुर्ण तयारी पुरा भएको जनाउदै खेलकुद छनौट प्रतियोगिताका सदस्य सचिव दिलिप ओलिले खेलकुद माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चलालन हुने जानकारी दिनुभएको हो। उहाँले चार विधाहरु एथलेटिक्स, भलिवल, कवडि र मार्शल आर्टका खेलहरु हुने आठौं मेयर कप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट खेलमा यस पटक चेस खेललाई समेत समावेश गरिएको छ । त्यसैगरी कोहलपुर नगरपालिका भित्र संचालनमा रहेका कुल ५३ निजि तथा सामुदायिक विद्यालयहरु बाट २१६७ खेलाडी सहभागी हुने छन् ।यो बर्ष नयाँ खेलको रूपमा चेस खेलाईने भएको छ जसमा छात्र १० र छात्रा ४ गरि कुल १० चेसलाई शिल्डमा गनणा छैन।

कोहलपुर मेयर कपमा आधारभुत तर्फ प्रथम हुनेलाई २५ हजार द्वितीय लाई २० हजार तृतीय लाई १५ हजार नगत प्रदान गरिने छ ।माध्यमिक तर्फ प्रथमलाई ७५ हजार द्वितीयलाई ६५ हजार तृतीयलाई ५५ हजार नगत पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई ५१ हजार नगत प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments