Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियडाईनामिकले भब्य रूपमा मनायो ३१ औं वार्षिक उत्सव

डाईनामिकले भब्य रूपमा मनायो ३१ औं वार्षिक उत्सव

बाँके:बैजनाथ गाउँपालिका ४ बानियाबारको डाईनामिक ई मि स्कुलले आफ्नो ३१औं वार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रम, नृत्य, नाटक, संगीत प्रस्तुतिहरू, खेलकुद प्रतियोगिताका पुरस्कार वितरण, र अन्य विविध गतिविधिहरू आयोजना गरेर भब्य रूपमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्न र अभिभावकहरूसँग विद्यालयको उपलब्धिहरू आदानप्रदान गर्न भब्य कार्यक्रम आयोजना गरिएको थियो। 
वार्षिक उत्सवको बारेमा विद्यालयका संचालक प्रकाश शाहले बिगत लामो समय देखी आफ्नो बुवाले स्थापना गरेको विद्यालयलाई नयाँ ब्यवस्थापनका साथ अगाडि बढाउनु भएको छ।विद्यालयले बेला बेला विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराएर सामाजिक उत्तरदायित्व बारे ज्ञान प्रदान गर्ने गरेको अभिभावकहरुमा माझ स्पष्ट पार्नुभएको थियो।
प्रमुख अतिथी बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही बिशिस्ट अतिथी गायिका सपना शाही, स्थानिय स्तरमा डाईनामिक ई मि स्कुलले बैजनाथको शैक्षिक सुधारमा ठुलो योगदान पुर्याएकोमा शुभकामना ब्यक्त गर्नुभयो । संचालक शाहको सादा जीवन र उहाँले विद्यालयको बिकासका लागि मात्र नभएर शिक्षा मार्फत हजारौं विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै सयौं स्थानीयलाई प्रत्यक्ष रोजगारी प्रदान गर्नुभएकोमा स्थानीय सरकारको तर्फबाट धन्यवाद ब्यक्त गर्दै अझै आगामी दिनहरुमा निरन्तर कक्षा वृद्धि गर्ने कुरा लगाएत स्थानीय सरकार बाट गर्न पर्ने सम्पुर्ण सहयोग गर्ने प्रमुख अतिथी शाहीले प्रतिबद्धता जाहेर गर्नुभयो ।

कक्षा नर्सरी देखि कक्षा १० सम्म संचालन रहेको डाईनामिक ई मि स्कुलले आगामी दिनहरुमा अझै नयाँ प्रविधि सहित गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित कार्यक्रममा विद्यालयको निम्तोलाई स्वीकार गरेर पाल्नुहुने प्रमुख अतिथी अतिथी अभिभावक विद्यार्थी संघ संस्थाका प्रतिनिधि विद्यालयका शिक्षक कर्मचारी पत्रकार लगाएत कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै आगामी बर्ष अझै धेरै भब्य रूपमा निरन्तर यस्ताखाले कार्यक्रम गर्ने बाचा सहित संचालक शाहले कार्यक्रम समापन गर्नुभएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments