बाँके:कोहलपुर नगरपालिका ८ बाबानगर स्थित रहेको नमुना विद्या सदनले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम विद्यालयको प्राङ्गणमा भब्य रूपमा सप्पन्न गरेको छ।
उक्त कार्यक्रममा नर्सरी देखि कक्षा ३ सम्मका वालवालिकाहरुले विभिन्न संस्कृति प्रस्तुत गरेका थिए।
समय समयमा अभिभावक तथा विद्यार्थीहरुलाई यसरी कार्यक्रम गरेर बालबालिकाहरुको शिक्षा संगै अन्य रुचिलाई पनि उजागर गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्ने गरिएको छ।
अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमका साथै विभिन्न खेल विधाका पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको विद्यालय प्रशासन प्रमुख नविन रावतले उपस्थित अतिथी, अभिभावक तथा विद्यार्थीहरुलाई शब्द द्वारा स्वागत गर्नुभएको थियो।
उहाँले स- साना वालवालिकाहरुको अन्तरनिहित प्रतिभा उनीहरुमा मात्र सिमित हुन नहुने भन्दै यस वर्षदेखि विद्यालयले २ पटक अभिभावक दिवस मनाउने कार्यक्रम गरेको बताउदै प्रथम चरणमा कक्षा ३ सम्मका अभिभावक माझ र दोस्रो चरणमा १२ कक्षा सम्मका विद्यार्थी अभिभावक लाई निम्तो गरेर अभिभावक दिवस मनाउने बताउनुभयो ।
गुरु वन्दना, विभिन्न वालवालिकाहरुको वाककला (स्पिच), नृत्य तथा विविध कला वालवालिकाहरुलाई प्रस्तुत गर्ने मन्च उपलब्ध गराएको विद्यालयले कक्षा १ का वालवालिकाहरुलाई सामाजिक सञ्जालका चिन्ह सहित प्रस्तुति देखाउने अवसर प्रदान गरेको थियो । सामाजिक सञ्जालमा अहिले कुन फोरम भन्दा कुन कम भन्ने प्रतिस्पर्धा सहितको प्रस्तुतिमा वालवालिकाहरुमा सामाजिक सञ्जाल दुरुपयोगले पर्ने असर र सहि उपयोगले हुन सक्ने फाईदाको सन्देश दिने प्रस्तुत गरिएको थियो ।
साना विद्यार्थीहरुले मनोरंजन प्रदान गर्न विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कोहलपुर वडा नं. ८ का वडा अध्यक्ष लाल वहादुर रानालेवालवालिकाहरुको चौतर्फि विकासकालागि अतिरिक्त क्रियाकलापहरुको महत्वपुर्ण भुमिका हुने बताउदै नमुना विद्या सदनले नयाँ आयामहरु थपेर गर्ने क्रियाकलापहरुले विद्यार्थीहरुको बिकास हुने भएकोले निरन्तर यस्तैखाले कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।
विद्यालयका कार्यकारी निर्देशक शिव डाँगिको अध्यक्षतामा आयोजित कार्यक्रममा ब्राईटलाईट एकेडेमीका संस्थापक प्रिन्सिपल एवं एन प्याव्सन लुम्विनी प्रदेश सह-सचिव गोविन्द चौधरी, तक्षशिला एकेडेमीका अध्यक्ष विष्णु प्रसाद वेल्वासे, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश शाह, प्रिन्सिपल सुदन कुमार गुरुङ,अभिभावक,शिक्षक कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।
विद्यालय प्रांगणमा अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रममा विद्यालय द्धारा आयोजित अन्तर सदनात्मक खेलकुद प्रतियोगिताका विजयी खेलाडिहरुलाई पुरस्कार, प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो।
कोहलपुरको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नमूना विद्या सदले आगामी दिनहरुमा अझै नयाँ प्रबिधि सहित नयाँ आयाम थप्ने योजना रहेको विद्यालयका कार्यकारी निर्देशक शिव प्रसाद डाँगीले जानकारी दिनुभयो ।