Wednesday, February 5, 2025
spot_imgspot_img
HomeUncategorizedदीपज्योति विद्या निकेतन द्वारा विद्यार्थी सम्मान 

दीपज्योति विद्या निकेतन द्वारा विद्यार्थी सम्मान 

प्रमिला विश्वकर्मा /बाँके:बैजनाथ गाउँपालिका २ डिगियामा रहेको दीपज्याति विद्या निकेतनमा सरस्वतीको अवसरमा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ।

दिपज्योती विद्यालयको आयोजनामा कार्यक्रम भएको हो । विद्यालयमा चित्रकला, गणित तथा विज्ञान प्रदर्शनीसहित विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।

विद्यालयमा निरन्तर आगामी बर्ष समेत यसैगरी  चित्रकला, गणित तथा विज्ञान प्रदर्शनीका साथै विद्यार्थी सम्मान तथा पुरस्कार बितरण कार्यक्रम प्रभावकारी बनाउन  विद्यालय निरन्तर गर्न प्रतिबद्धता जाहेर गर्दै अभिभावक र विद्यार्थीहरुको आवश्यकता अनुसार कार्यक्रम गरिने संस्थापक प्रिन्सिपल लक्ष्मण बहादुर सिंहले जानकारी दिनुभयो।

सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरू विद्यार्थीहरूलाई सिर्जनशील बनाउनुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण हुने विश्वास लिएको संचालक सिंहले जानकारी दिनुभयो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि विश्वराज ढकालले  विद्यालयले राम्रो काम गरिरहेको बताउनुभयो । उहाँका  अनुसार विद्यालयले विद्यार्थीमुखि कार्यक्रम गर्दै आएको छ । सरस्वती पूजाको अवसरमा विविध कार्यक्रम गरेर प्रमाणित गरेको बताउनुभयो ।

वडा अध्यक्ष राजु रुचालले स्थानीय सरकारले निजि विद्यालयलाई आवश्यकता अनुसार आधुनिक प्रविधी अनुसार परिवर्तन गर्न दिपज्योतीले अग्रगामी छलाङ्ग लगाएको र गुणस्तरीय शिक्षा प्रदान गरेर स्थानीय सरकारलाई पुर्याएको सहयोगको लागि धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा समेत यस्तै कार्यक्रम गर्न अनुरोध गर्दै स्थानीय सरकार बाट हुने सहयोग निरन्तर रहने प्रतिबद्धता जाहेर गर्नुभएको संचालक लक्ष्मण सिंह ले जानकारी दिनुभयो ।

फोटो फिचर   

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments