बाँके । कोहलपुरका मेयर पूर्ण आचार्यका बिरुध्दमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता गर्न लागिएको हो । साइबर ब्युरोले मेयर आचार्य माथि अनुसन्धान सुरु गरेको छ भने अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर हुने स्रोतले जनाएको छ।
सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी पेश गर्ने छ । दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गर्ने गरी तयारी भइरहेको छ ।
फाल्गुन १६ गते बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल विरुद्ध सामाजिक सञ्जाल मार्फत कपोलकल्पित आरोप लगाउदै स्टाटस लेखे पछि प्रजिअ रिजालले मेयरलाई चेतावनी दिनु भएको थियो तर आरोप प्रमाणित गर्न नसके पछि माफि मागेर मुद्दाबाट जोगिने प्रयास थालेका छन् । तर सामाजिक संजाल प्रयोगकर्ताको दबाब पछि प्रहरीले अनुसन्धान सुरु गरेकोले आइतवार मुद्दा दर्ता गरि मेयर लाई पक्राउ गर्न सक्ने स्रोतले जनाएको छ ।
के छ कानुनी व्यवस्था: कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो । यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो । नेपाल सरकारको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ को ४७ को १ अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरू मार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकोले सोही बमोजिम बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको बिरुद्ध बिना प्रमाण कपोलकल्पित रुपमा स्टाटस लेख्ने कोहलपुरका मेयर माथि मुद्दा लाग्न सक्ने छ ।
यसरी तिनतहको सरकारको परिकल्पना र संघीयता कार्यान्वयन गर्दा स्थानीय तहको सरकार प्रमुखले यति सम्म तर झरेर यस्तो सार्बजनिक अभिव्यक्ति राम्रो छैन ।
आज सार्बजनिक बिदा भएकोले पनि मुद्वा चलाउने वा नचलाउने बारे छलफल भैरहेको छ।
राज्यमा विधि बिधान छ। जो कसैलाई पनि लागू हुने भएकोले के गर्ने भन्ने बारे पूरा तयारी नभएपनी कानुनी परामर्श अनुसार अगाडि बड्ने बताए। यदि प्रमुख जिल्ला अधिकारी रिजाल थप प्रक्रियामा अगाडि नगए आम जनताले साच्चिकै आर्थिक चलखेल गरेकै हो भन्ने बुझ्ने छन् । प्रक्रिया अनुसार अगाडि बड्छ्न या आफुले गरेको गल्ली स्वीकार गरेर शान्त बस्छन् हेर्न बाँकी छ।
उता कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आचार्यलाई हामीले यश बारे थप बुझ्न पटक पटक फोन गर्दा समेत फोन कल गए पनि रिसिभ भने भएन । अब यसरी सार्बजनिक रूपमा एउटा प्रमुख जिल्ला अधिकारीलाई लगाएको आरोप पुष्ठि गर्न नसके मेयर आचार्य माथि नैतिक प्रश्न खडा हुने छ। त्यसैपनी कयौं संचार माध्यममा ब्यानर न्युज बनेको छ। अब लाजको पर्दा फोन बन्द गरेर हुँदैन फोन कल रिसिभ नगरेर समाधान नहुँनुले पनि आफै मेयर आचार्य गलत छु भन्ने भएका साथ यस्तो हुन सक्छ। अरु जे भए पनि एउटा सरकार प्रमुखको यसरी सार्बजनिक अभिब्यक्तीले देश र जनताको भलो गर्ला त ? यदि उनी सँग प्रमाण छन् भने मिडिया देखि किन भागी रहेका छन् । कतै आत्मालोचना गरेर त हैन यस्तो ! आखिर किन यसरी बेला बेला बिबादास्पद अभिव्यक्ति दिन्छन् त मेयरले या फेरि उनी अझै राजनीतिमा परिपक्व नभएको प्रमाण किन दिईरहेका छन् । हैन भने जसरी पनि मिडिया बाजि नै गर्न खोजेका हुन त ? या प्रमाण बाहिर आउँछन् त हेर्न बाँकी नै छ।