Wednesday, March 12, 2025
spot_imgspot_img
Homeयुनिक गतिबिधि"लुम्बिनी घोषणा पत्र" जारी सँगै युवा सम्मेलन समापन

“लुम्बिनी घोषणा पत्र” जारी सँगै युवा सम्मेलन समापन

कोहलपुर नगरस्तरीय युवा क्लब संजालको आयोजनामा सम्पन्न लुम्बिनी युवा सम्मेलन तथा युवा फोरम २०८१ को समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा रोजगारी र उद्यमशीलतामा युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यसहित ‘लुम्बिनी घोषणा पत्र’ जारी गरिएको छ।

समारोहको अध्यक्षता कोहलपुर नगरस्तरीय युवा क्लब संजालका अध्यक्ष रमेश वरले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेकपा (एकीकृत समाजवादी) कोहलपुर नगर कमिटी अध्यक्ष एवं शैक्षिक व्यक्तित्व शिवप्रसाद डाँगी रहेका थिए। कार्यक्रममा प्याब्सन बाँकेका पूर्व अध्यक्ष यम रावत, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, युवा तथा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व गरेका युवाहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथिको विशेष सम्बोधन  शिवप्रसाद डाँगीले कोहलपुर नगरपालिकाका मेयर युवा भएकाले नगरवासीको ठूलो आशा भरोसा रहेको उल्लेख गर्दै, युवाहरूलाई व्यवस्थापन तथा नयाँ प्रविधिसँग जोडेर अगाडि बढ्न आग्रह गर्नुभयो। साथै, युवाहरूलाई अवसर सिर्जना गर्ने र उनीहरूलाई सशक्त बनाउन आफू निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।

प्रतियोगिताका विजेताहरू सम्मान गरिएको थियो। विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा समूहहरूलाई सम्मानपत्र पुरस्कार प्रदान गरिएको थियो।

सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता:प्रथम बागेश्वरी एकेडेमी,दोस्रो दिव्य विद्या सदन र तेस्रो थारू समूह भरैया (कोहलपुर-१३)स्थान हासिल गर्न सफल भएका छन् ।

वक्तृत्वकला प्रतियोगिता: प्रथम: आशिका के.सी (लक्ष्मी मावि) दोस्रो: राधिका बुढा क्षेत्री (गोरखा)र तेस्रो: प्रयास देवकोटा (बागेश्वरी)पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको कोहलपुर युवा क्लब संजालका महासचिव धनराज योगीले जानकारी दिए।

कार्यक्रममा विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई पनि विशेष योगदानका लागि सम्मान प्रदान गरिएको थियो। सम्मेलनको मुख्य उद्देश्य रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, तथा युवा सशक्तिकरण रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष रमेश वरले सहयोग गर्ने सम्पुर्ण संघ संस्था र ब्यक्तिलाई धन्यवाद ब्यक्त गर्दै विभिन्न जिल्ला बाट आएका प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका थिए। आगामी दिनहरुमा लुम्बिनी घोषणा पत्र को पुर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सहित आगामी दिनहरुमा दोस्रो तेस्रो संस्करण सहित कार्यक्रम अझै भब्य गर्दै जाने बताउनुका साथै देशभरका युवाहरुको सहभागीतामा देश ब्यापी युवा सम्मेलन गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरेको युवा सम्मेलन कार्यक्रमका संयोजक चाईनिज गौतमले जानकारी दिए। फोटो फिचर 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments