Saturday, May 3, 2025
spot_imgspot_img
Homeयुनिक गतिबिधिधनौली ईप्रका प्रमुख केसीको सक्रियतामा खजुरामा शान्ति सुरक्षा सुदृढ

धनौली ईप्रका प्रमुख केसीको सक्रियतामा खजुरामा शान्ति सुरक्षा सुदृढ

कुशल दलामी:खजुरा, बाँके।
ईलाका प्रहरी कार्यालय (ईप्रका) धनौलीका प्रमुख पूर्ण बहादुर केसी खजुरा आएको छोटो समयमै शान्ति सुरक्षा कायम गर्न सफल भएका छन्। चोरी, अवैध निकासी, गाईगोरु तस्करी, मासु सप्लाई तथा अवैध उत्खनन नियन्त्रणमा ल्याउँदै उहाँले खजुरालाई सुरक्षित बनाउँदै लैजानुभएको छ।

हालै सम्पन्न SEE परीक्षा पनि सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गरिनु उनको उत्कृष्ट व्यवस्थापन क्षमताको प्रतिबिम्ब हो।लागू औषध नियन्त्रणमा पनि केसीले उल्लेखनीय पहल गर्दै विद्यालय-विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुभएको छ। यसबाट युवावर्गलाई पुनः सही मार्गमा ल्याउने काममा सकारात्मक प्रभाव देखिएको छ।

विगतका चाडपर्वहरू शान्तिपूर्ण वातावरणमा मनाउन सफल केसीले नयाँ वर्ष पनि शान्त वातावरणमा, उल्लासपूर्वक र अरुलाई असर नपर्ने गरी मनाउन आम खजुरा बासीलाई अनुरोध गर्नुभएको छ।

आगामी योजना यस्ता छन्:समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै अपराध नियन्त्रण।ट्राफिक नियम कडाईका साथ कार्यान्वयन र दुर्घटना न्यूनीकरण।महिला तथा बालबालिका सुरक्षामा विशेष ध्यान।सार्वजनिक स्थानहरूमा सीसीटिभी जडानको प्रवर्द्धन।कालोबजारी, मिलावट र अवैध कारोबारमाथि निगरानी।

समुदायसँग नजिक रहँदै, पारदर्शिता र उत्तरदायित्वसहित केसी नेतृत्वको प्रहरी सेवा खजुरामा शान्ति, सुशासन र जनविश्वासको प्रतीक बन्दै गएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments