बाँके ः बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा अटो चलाक जिविकोपार्जन गरिरहेका महिला अटो चालकलाई सम्मान गरिएको छ । नयाँ वर्ष २०८२ को अवसरमा अटो चलाएर जिविकोपार्जन गरिरहेका महिलाहरुलाई सम्मान गरिएको हो । नेकपा एमाले कोहलपुर–१२ को वडा कमिटीले सोमबार एक कार्यक्रमका ९ जना महिलालाई सम्मान गरेको थियो ।
एक औपचारिक समारोहका बीच नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा महिला चटो चालकलाई सम्मान कार्यक्रम सम्पन्न भएको नेकपाएमाले कोहलपुर नगरपालिका वडा कमिटी– १२ ले जनाएको छ ।
सम्मानित हुनेमा कोहलपुर–११ कमला खत्री,लाटी थारु र पुष्पा थापा, कोहलपुर–१२ की छवा कुमारी पोख्रेल, पिमा योगी,माया आचार्य र दिलमाया पुन रहेका छन् । यस्तै कोहलपुर–२ की पुष्पा थापा, कोहलपुर–१० निरमाया थापा, कोहलपुर–३ कीआरती सुनार रहेका छन् । कोहलपुर–१२ चप्परगौडीमा आयोजित कार्यक्रमकाबीच नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य,सुर्य ढकाल, लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई लगाएत नेताहरुले खादा माला र अबिर लगाई सम्मान गर्नु भएको थियो । उक्त अवसरमा बोल्दै सम्मानन कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रतिनिधि सभा सदस्य ढकालले महिला अटो चालकहरुको कर्मलाई सम्मान गर्न र प्रेरित गर्नको लागि सम्मान गरिएको हो । उहाँका अनुसार श्रमिक, मजदुर र गरिखाने वर्गको पक्षमा आफ्नो पार्टी रहेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले अबपनि महिलाहरु चुलौचौकोमा सीमित हुन नहुने बताउनुभयो । जिविकोपार्जनको मुख्य स्रोतको रुपमा अटो व्यवसाय रहेको उहाँले बताउनुभयो । घर परिवारको खर्च जोहो गर्न महिलाहरुले पनि अटो चलाउनु साहसिक काम भएको उहाँको भनाइ थियो । सो अवसरमा नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई, कोहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराई, युवा संघका केन्द्रिय सचिव खेम शर्मा, वडा नं. १२ का ईन्चार्ज एक नारायण चापागाई लगाएतका नेताहरुले नयाँ बर्ष २०८२ को शुभकामना मन्तब्य वयक्त गर्नु भएको थियो । वडा कमिटी अध्यक्ष नयन बहादुर शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।