Saturday, May 3, 2025
spot_imgspot_img
Homeबिबिधराप्तिसोनारी गाँउपालिका वडा नम्बर ५ र ६ को बिच जंगलमा बसमा आगलागी

राप्तिसोनारी गाँउपालिका वडा नम्बर ५ र ६ को बिच जंगलमा बसमा आगलागी

राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ र ६ को बिचमा रहेको गोर्धुइया जंगलको बिचमा बस भित्र आगलागी भयको छ। प्रदेश ३-०१-००६ख ०९८३ नम्बर को बसमा आज बेलुका करिब ७:१० बजेको समयमा बसमा आगलागी भयको हो। नेपालगंज देखि बुटवल जान लागेको समयमा यक्कासी बसमा आग्लागी हुनगएको जानकारिमा आएको छ।

पन्तकोशी यातायात प्रा .ली . को नाममा संचालन मा रहेको उक्त बस आज बेलुका करिब ७:०० बजेको समयमा नेपाल गंज देखि बुटवल सम्म बस लाई मर्मत गर्न भनी जान लागेको बेला एक्कासि बस संचालक बस्ने सिटको पछाडि पट्टिबाट आगोको धुवाँ निस्किएको देखे पछि बस लाई रोकेर हेर्दा बसमा आगो लागिसकेको थाहा भएको बस्का चालक हिम बहादुर शाहिले बताएको अस्थायी प्रहरी चौकी फत्तेपुर ख का इन्चार्ज सहायक प्रहरी नायब निरीक्षक आर.बि.खड्का ले जानकारी दिनुभएको छ। गाडिमा चालक र सहचालक बाहेक अन्य कुनै यात्री नरहेको जानकारिमा आयको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments