काठमाडौँ । काठमाडौँमा १९ दिनदेखि आन्दोलनरत शिक्षकहरूले संसद्को शिक्षा समिति सभापतिसँग छलफल गरेका छन् । विद्यालय शिक्षा विधेयकमाथिको छलफलले तिब्रता पाइरहेको बेला नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधिहरूले सभापति अम्मरबहादुर थापासँग छलफल गरेका हुन् ।
छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले विधेयकमा समेट्नुपर्ने थप विषयहरूबारे जानकारी गराएका थिए ।
विधेयकमा छुटेका आफ्ना मागहरू लिखित रूपमा दिने बताएका थिए । छुटेका माग तथा मुद्धाहरू लिखित रूपमा पेश गर्ने महासंघ महासचिव तुला बहादुर थापाले जानकारी दिए । आइतबारको छलफलको क्रममा महासंघका प्रतिनिधिहरूले विधेयक निर्माणको प्रगति लगायतका विषयमा जिज्ञाशा राखेका थिए ।
जवाफमा सभापति थापाले बैशाख १२ गतेका संसद्को अधिवेशनमा पेश गर्नेगरी काम भइरहेको बताएका थिए । उक्त विधेयकमा शिक्षक तथा कर्मचारीका छुटेका विषयहरू समेत थप गर्नुपर्ने अनुरोध गरेका थिए । सभापति थापाले लिखित रूपमा पेश गर्न र विधेयकमा समेट्ने बताएका थिए ।
महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका छन् । ऐन जारी नहुँदासम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।
समाचार: रातो पाटी