Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथ गाउँपालिकामा कक्षा १२ को परीक्षा केन्द्रहरूमा अनुगमन

बैजनाथ गाउँपालिकामा कक्षा १२ को परीक्षा केन्द्रहरूमा अनुगमन

बाँके:माध्यमिक शिक्षा परिषद अन्तर्गत बैजनाथ गाउँपालिकामाब सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) अन्तर्गतका परीक्षा केन्द्रहरूमा मंगलबार बैजनाथ गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले निरीक्षण तथा अनुगमन कार्य सम्पन्न गर्नुभएको छ।
प्रमुख परीक्षा केन्द्रहरू जनता आदर्श माध्यमिक विद्यालय, बैजनाथ–२ र बागेश्वरी माध्यमिक विद्यालय, बैजनाथ–३ मा गरिएको अनुगमनका क्रममा परीक्षा मर्यादित, व्यवस्थित र पूर्ण रूपमा शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको पाइएको छ।

अनुगमन टोलीले केन्द्रमा पुगेपछि परीक्षा सञ्चालनको अवस्थाबारे जानकारी लिएको थियो। केन्द्राध्यक्ष, शिक्षकहरू, कर्मचारीहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग समन्वय गरी सम्पूर्ण प्रक्रिया सुचारु र व्यवस्थित देखिएको पुष्टि गरिएको छ।

महेश कुमार शर्मा र हिक्मत बि सी केन्द्राध्यक्षको नेतृत्वमा परीक्षा सञ्चालनमा खटिनु भएका सम्पूर्ण टिमप्रति धन्यवाद ज्ञापन गरिएको छ।परीक्षा सुरक्षाको लागि निरन्तर तैनाथ सुरक्षा निकायका सदस्यहरूको योगदान पनि उल्लेखनीय रहेको छ।

शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन भइरहेको परीक्षाले विद्यार्थीहरूलाई आत्मविश्वासपूर्वक उत्तर लेख्न सहज वातावरण प्रदान गरिएको प्रहरी चौकी सम्झनाका प्रमुख धन बहादुर थापाले जानकारी दिए।

बैजनाथ गाउँपालिका परीक्षा सुपरिवेक्षण टोलीद्वारा सफल अनुगमनमा सबै संलग्न पक्षप्रति आभार व्यक्त गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments