२०७८ वैशाख २४, काठमाडौं
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ।प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एसका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले देशमा बढ्दो महँगी, ढिलासुस्ती, कुशासन र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएकोप्रति असन्तुष्टि जनाए।
उनले प्रश्न गरे, “प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति गोप्य राखेर सरकारले पारदर्शिता कसरी देखाउन सक्छ?”
त्यसका साथै उनले सर्वसाधारण नागरिकहरूलाई सिंहदरबार प्रवेश गर्न आवश्यक ‘पास’ प्रणाली हटाउन पनि माग गरे। सिंहदरबारको गेटमै कुशासनको नमूना देखिएको भन्दै उनले जनताको पहुँच सहज बनाउनु पर्नेमा जोड दिए।नेपाल प्रेस बाट