बाँके:२०७४ सालको स्थानीय निर्वाचनपछि किस्मत कक्षपति नेतृत्वको नेकपा एमालेको पालिकाले खजुरा गाउँपालिका–८ रनियापुरमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने ऐतिहासिक निर्णय लिएको थियो। १०० विघा जग्गा उपलब्ध गराएर प्रदेश र संघीय सरकारसँगको समन्वयमा विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाइएको थियो।
प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकासमन्त्री शुदर्शन बरालको सक्रियतामा यो योजना अघि बढेको हो। पटक–पटक भएका बैठक र जनसहभागितामार्फत यो सम्भव भएको थियो।हाल नेपालगन्जमा विश्वविद्यालयले प्राविधिक शिक्षाको पढाइ शुरू भइसकेको छ।
तर, २०७९ मा माओवादी नेतृत्वमा निर्वाचित डम्बर विकको नेतृत्वले यस शिक्षामूलक गौरव योजनालाई प्राथमिकतामा राखेर गाउँपालिकाको भवन नै विश्वविद्यालयलाई हस्तान्तरण गरे पनि खाली गरेर दिन नसक्दा आलोचना बढ्दो छ। लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्णरूपमा सञ्चालनमा ल्याइयोस्।खजुरामै संचालन गरियो भने दीर्घकालीन बिकासको योजनाले मुर्तरुप पाउने छ।