Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियकोहलपुरमा विट पत्रकारिता तालिम शुरु

कोहलपुरमा विट पत्रकारिता तालिम शुरु

बाँके: बाँकेको कोहलपुरमा विट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तीनदिने तालिमको सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा पत्रकारहरुका लागि विट पत्रकारिता र पत्रकार आचारसंहिता सम्बन्धी तीनदिने तालिम सुरु भएको हो । आइतबार एक कार्यक्रमका बीच तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्नु भएको छ।

उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा रहेका नगर प्रमुख आचार्यले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सकारात्मक रुपान्तरण र विकासमा यसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले स्थानीय सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्दै पत्रकार र जनप्रतिनिधिबीच आपसी समझदारीमा सहकार्यको आवश्यकता रहेको धारणा राख्नुभयो।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले सहभागी पत्रकारहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार लेख्न प्रेरित गर्दै पत्रकार आचारसंहिता पालना गर्न जोड दिनुभयो। प्रशिक्षकको रुपमा समेत रहेका चौलागाईंले पत्रकार महासंघको दायित्व, प्रेस काउन्सिलको काम तथा समाचार लेखनको शैली र प्रवृत्तिबारे प्रशिक्षण दिनुभयो।

कार्यक्रममा पत्रकार कमल खत्रीले खेलकुद पत्रकारिता (स्पोर्ट्स रिपोर्टिङ) सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले विट पत्रकारिता एक विशेष विषयमा केन्द्रित भएर गरिने पत्रकारिता भएको जानकारी दिनुभयो।

त्यस्तै, कान्तिपुर दैनिकमा आवद्ध पत्रकार रुपा गहतराजले पत्रकारितामा महिलाको भूमिका र सक्रियता विषयमा प्रशिक्षण दिँदै महिलासम्बन्धी समाचार संवेदनशील र सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले यस्ता तालिमहरुले पत्रकारितामा लागेका सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भन्दै तालिमको प्रभावकारिताबारे धारणा राख्नुभयो।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिम आगामी मंगलबार सम्पन्न हुनेछ। तालिममा बाँके जिल्लाका ५० भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments