बैजनाथ (बाँके), बैशाख ८ — बाँकेको बैजनाथ गाउँपालिकामा बुधबार बिहान एक असाधारण घटना घट्यो जब गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले कार्यालयको मुख्य गेटमा आफैं ताला लगाइन्। यो “सुशासनको नारा सहित अब बदलिन्छ बैजनाथ” कर्मचारीहरू पटक–पटक समयमै कार्यालयमा उपस्थित नहुनु र काममा ढिलाइ हुन थालेपछि उपाध्यक्ष रोकायले यस्तो कदम चाल्न बाध्य भएको बताएकी छन्।
बिहान १०:१७ बजे गाउँपालिकाको च्यानल गेटमा ताला लगाइएको थियो। उपाध्यक्षले केही समय पर्खिएपछि पनि कुनै शाखा प्रमुख तथा कर्मचारी नआएपछि तालाबन्दी गरेकी हुन्।
गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखा प्रमुख तालिममा सहभागी हुन गएका कारण अनुपस्थित थिए भने बाँकी शाखा प्रमुखहरू र अन्य कर्मचारीहरू समयमै कार्यालय नआएको उपाध्यक्ष रोकायको भनाइ छ। “सधैंजसो कर्मचारी ढिलो आउँछन्। मैले पर्खें, तर कोही पनि समयमा आएनन्,” उपाध्यक्षले भनिन्, “अटेरी गर्ने प्रवृत्तिले कार्यालयको काम प्रभावित हुने भएपछि ताला लगाउनु परेको हो।”
तालाबन्दीका कारण दिनभरी सेवाग्राही प्रभावित भएका थिए। भित्र ताला लगाएको भएतापनी गेट बाहिर नै कर्मचारी बसेका थिए। कर्मचारीहरू कार्यालयको गेटबाहिरै बस्न बाध्य भए। कर्मचारीहरूले समयपालन गर्ने वा किन तालाबन्दी गरिएको रहस्यमय भएको ईन्जिनियर धर्मेन्द्र आचार्यको भनाई रहेको छ। आचार्यका अनुसार करिब दिउँसो ३ बजे आफू बाहिर निस्कन उपाध्यक्ष रोकायले आफैं ताला खोलिन्।
केहि समय अगाडि मलेपको प्रतिबेदन अनुसार बाँके जिल्लामा सबैभन्दा धेरै बेरुजु बैजनाथ गाउँपालिकाको देखाएको थियो। घटनाले कुन रुप लिन्छ कता मोडिन्छ अझै यकिन भने गर्न सक्ने अवस्था छैन। अब असारमसान्त नजिकिदै छ। कामको चाप बढेको छ।यो समयमा कर्मचारीलाई निर्देशन दिएर नितिगत निर्णय गरेर कार्बाही गर्नुको साटो निजि निवास जस्तो गरेर गेटमा ताला लगाएर बस्न कुन नैतिकताले दियो भनेर प्राबिधिक प्रमुखले बताएका छन् ।
उक्त घटनापछि गाउँपालिकाभित्र कार्यसम्पादनमा अनुशासन र जवाफदेहिताको आवश्यकतालाई लिएर पुनः बहस सुरु भएको छ। स्थानीय बासिन्दा र कर्मचारीबीच यो घटनाले मिश्रित प्रतिक्रिया ल्याएको छ। कतिपयले उपाध्यक्षको कदमलाई कठोर भए पनि समय सापेक्ष निर्णय भनेका छन्, भने कतिपयले संवादको विकल्प खोजिनुपर्ने मत दिएका छन्।
आगामी दिनहरुमा यदि कर्मचारीलाई समय सदुपयोगको बारेमा कार्बाही गर्ने हो भने कार्यपालिका बाट नितिगत निर्णय गरेर हटाउन वा सरुवा गर्न सक्ने प्राबधान रहेको छ। समयमा कार्यालय नआउनुपनी समयको भ्रष्टाचार भएको उपाध्यक्ष रोकायको भनाई रहेको छ।
आगामी दिनमा बैजनाथ गाउँपालिका कसरी अगाडि बड्छ हेर्न बाँकी छ।कार्यालय प्रमुख वा कर्मचारी प्रशासन मार्फत कार्वाही गरेर वा यसैगरी सिधै कार्यालयमा प्रवेश गर्न नदिन तालाबन्दी गरेर वा नितिगत रूपमा गाउँ कार्यपालिका बाट निर्णय गरेर कार्यालय प्रमुख र प्रशासन शाखा प्रमुखलाई कसी लगाए कर्मचारीले समयको पालना गर्नेछन् । उपाध्यक्षको यो कदमले यतिबेला सामाजिक संचालमा चर्चा बटुल्न सफल हुनुभएको छ। “अब बदलिन्छ बैजनाथ “अब सबै जनप्रतिनिधिहरुमा यस्तै हिग्मत आओस् स्थानीय सरकारले स्थानीय जनताको अपेक्षा अनुसार काम गरोस भनी चर्चा चलिरहेको छ।