Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजनेकपा (एस)ले डुडुवा र राप्ती सोनारीलाई बुझायो मागपत्र

नेकपा (एस)ले डुडुवा र राप्ती सोनारीलाई बुझायो मागपत्र

बाँके, बैशाख ७ — “शुसासन र रोजगारी, समाजवादको तयारी” अभियान अन्तर्गत आज बाँकेको डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा स्थानीय जनताको माग समेटिएको नेकपा (एकीकृत समाजवादी)ले मागपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ।

डुडुवा गाउँपालिकामा अध्यक्ष अब्दुल बारिख खाँ ले मागपत्र बाचन गरेपछी नेकपा (एकीकृत समाजवादी)बाँके जिल्ला अध्यक्ष दिपक जि एम को नेतृत्वमा स्थानीय जनताका मागहरू समेटिएको मागपत्र सम्बन्धित निकायमा बुझाएको छ। मागपत्रमा शुसासन, पारदर्शिता, स्थानीय रोजगारीको सिर्जना, आधारभूत सेवाहरूको पहुँच लगायतका विषय समेटिएका छन्।

त्यस्तै, राप्ती सोनारी गाउँपालिकामा अध्यक्ष तप्त पौडेललाई मागपत्र बुझाइएको हो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता—केन्द्रीय सदस्य नारायणी वलीको नेतृत्वमा जिल्ला उपाध्यक्ष शिव डाँगी, सचिव तेजप्रसाद अधिकारी, उपसचिव प्रेमिका शाही, गाउँपालिका अध्यक्ष बालकृष्ण खड्काले मागपत्र वाचन गरेर राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तराज पौडेललाई हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रममा निवर्तमान प्रदेश कमिटी सदस्य दशरथ ओलीको उपस्थिति रहेको थियो।

नेताहरूले अभियानको उद्देश्यप्रति समर्थन जनाउँदै जनताको हक अधिकार सुनिश्चित गर्ने, समाजवादउन्मुख शासन प्रणाली निर्माण गर्ने, र स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले नीतिगत सुधार, सेवा प्रवाहमा पारदर्शिता, र जनमुखी विकास योजनाहरूको माग उजागर गरेकोले सरकारमा नभएपनी जनताका समस्याहरु समाधान गर्न स्थानीय तह मार्फत प्रधानमन्त्री कार्यालयमा पठाउन मागपत्र हस्तान्तरण गरिएको नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचिव तेज प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments