बैजनाथ, जेठ ७ –नौवस्ता साना किसान कृषि सहकारी संस्था लिमिटेड, बैजनाथ–२ बाँकेको आयोजनामा सम्पन्न सहकारी शिक्षा तथा समूह सुदृढीकरण तालिम औपचारिक रूपमा सम्पन्न भएको छ। तालिमको अन्तिम दिनसम्म सहजिकरणको भूमिकामा सक्रिय रहनु भएका जिल्ला कृषि सहकारी संघ लि. बाँकेका उपाध्यक्ष श्री शिव कुमार वर्मा लाई ब्यवस्थापन प्रेम बहादुर थापाले विशेष धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
जेठ ५ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन भएको तालिममा विभिन्न समूहका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको समापन समारोहमा संस्थाका अध्यक्ष श्री प्रेम बहादुर थापा क्षेत्रीले सहभागीहरूलाई तालिममा सिकिएका सीप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै, सहकारीको सुदृढीकरणमा यस किसिमको तालिमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका कर्मचारी साथीहरूलाई समेत तालिम सफल बनाउन योगदान पुर्याएकोमा धन्यवाद दिइएको थियो। तालिम अवधिभरका झलकहरू पनि समापन सत्रमा प्रस्तुत गरिएको थियो।
यस तालिमले सहकारी सदस्यहरूमा संगठनात्मक सीप, उत्तरदायित्वबोध र सहकार्यको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको प्रबन्धक गोरख रोकायले जानकारी दिनुभयो ।