Monday, September 8, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेकपा(एस)बाँके प्रथम बैठक उपाध्यक्ष:ज्वालाले सम्बोधन गर्ने

नेकपा(एस)बाँके प्रथम बैठक उपाध्यक्ष:ज्वालाले सम्बोधन गर्ने

नेपालगञ्ज, बाँके – नेकपा (एकीकृत समाजवादी) बाँके जिल्लाको प्रथम बैठक शनिबार (जेठ १० गते) नेपालगञ्जको न्युरोडस्थित होटेल इन्द्रेणीको सभाहलमा नेकपा (एकीकृत समाजवादी)उपाध्यक्ष एवं पुर्ब मन्त्री प्रकाश ज्वालाले सम्बोधन एवं प्रशिक्षण दिने कार्यक्रम रहेको छ। बैठक बिहान ११:३० बजे बाट सुरु हुने जिल्ला सचिव तेज प्रसाद अधिकारीले जानकारी दिनुभयो।

बैठकको पूर्वसन्ध्यामा शुक्रबार दिउँसो जिल्ला सचिवालय बैठक बसेर कार्यक्रमको तयारी र व्यवस्थापन सम्बन्धी अन्तिम निर्णय गरिएको हो।

बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी रणनीति निर्माण, स्थानीय तहमा उपस्थितिको प्रभावकारिता, तथा सशक्त जनसम्पर्क अभियानबारे छलफल हुने बताइएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टीका उपाध्यक्ष तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सम्बोधन गर्नुहुनेछ।

त्यसैगरी, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँन, केन्द्रीय सदस्य नारायणी ओली लगायतका वरिष्ठ नेताहरूले पार्टी कार्यकर्ताहरूलाई पार्टीको आगामी रणनीति र कार्यदिशाबारे विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दिपक जि.एम.ले बताउनुभयो ।

कार्यक्रममा बाँके जिल्लाका सबै पालिका र वडा तहका पार्टी पदाधिकारी, सदस्यहरू तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ। पहिलो जिल्ला बैठक भएकाले यसले आगामी राजनीतिक अभियान र संगठन निर्माणमा नयाँ गति दिने अपेक्षा गरिनुका साथै नेता कार्यकर्तालाई प्रमुख अतिथिले नयाँ उर्जा थप्ने विस्वास लिईएको जिल्ला अध्यक्ष जि एम ले बैजनाथ राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments