Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेपालगञ्जमा उपाध्यक्ष प्रकाश ज्वालाद्वारा जनभेटघाटलाई तीव्रता

नेपालगञ्जमा उपाध्यक्ष प्रकाश ज्वालाद्वारा जनभेटघाटलाई तीव्रता

नेपालगञ्ज, बाँके — नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं पुर्ब भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेपालगञ्जमा जनभेटघाटलाई तीव्रता दिनुभएको छ। पार्टी संगठन सुदृढीकरण पार्टी कार्यकर्ता लाई प्रशिक्षण तथा जनस्तरसँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उहाँ बाँके जिल्ला भ्रमणमा रहनुभएको हो।

जिल्ला अध्यक्ष दीपक जि.एम.का अनुसार उपाध्यक्ष ज्वालाले नेपालगञ्ज क्षेत्रमा रहेका पार्टी कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समुदायका अगुवा तथा सर्वसाधारणसँग भेटघाट गरी पार्टीको वर्तमान रणनीति र भावी कार्यक्रमबारे जानकारी गराउनुका साथै सुझाव संकलन गर्नुभएको छ।

“उहाँको यो भ्रमणले पार्टीप्रति जनविश्वास अझै बलियो बनाउने र संगठनात्मक संरचनालाई मजबुत तुल्याउने अपेक्षा गरिएको,” अध्यक्ष जि.एम.ले बताउनुभयो।

भ्रमणको क्रममा उपाध्यक्ष ज्वालाले स्वास्थ्य समस्या भोगिरहनु भएका वरिष्ठ धार्मीक ब्यक्तित्व मौलाना जब्बार मन्जरिलाई निजि निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

नेकपा (एकीकृत समाजवादी) ले हालै देशभर सांगठानिक अभियान सञ्चालन गरिरहेको सन्दर्भमा उपाध्यक्ष ज्वालाको यो भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments