Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रिय"गृहमन्त्रीको राजीनामा माग गर्दै ज्वालाको कडा प्रहार"

“गृहमन्त्रीको राजीनामा माग गर्दै ज्वालाको कडा प्रहार”

नेपालगञ्ज, बाँके – नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले हालको भ्रष्टाचार, कालोबजारी र प्रशासनिक बेतिथीमाथि कडा आलोचना गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।

नेपालगञ्जमा पत्रकारहरूसँगको कुराकानीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका ज्वालाले छानबिनलाई सहज बनाउने हो भने गृहमन्त्री स्वयम्‌ले राजीनामा दिनुपर्ने स्पष्ट पारे। “भ्रष्टाचारको जड संरक्षण गरेर बढावा दिइएको छ,” उनले भने, “जसले जिम्मेवारी लिएका छन्, उनीहरूले नै बाटो छेकिरहेका छन्।”

उहाँले २०४६ सालदेखि अहिलेसम्म राज्यका उच्च पदमा रहेर लाभ लिने सबै विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, जनप्रतिनिधिहरूको सेवा–सुविधा ५० प्रतिशतले घटाउनुपर्ने, कालो धनलाई निश्चित समयसीमाभित्र वैधानिक बनाउँदै विकास क्षेत्रमा प्रयोग गर्नुपर्ने धारणा पनि राख्नुभयो।

“कालोबजारी निर्मूल गर्न अब सरकारले नयाँ र कठोर कदम चाल्नुपर्छ,” ज्वालाले भने, “नत्र जनताको आक्रोश झनै बढ्न सक्छ।”

उहाँले भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र जनविश्वास पुनःस्थापना गर्न सशक्त राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए। “राष्ट्रहितलाई प्राथमिकतामा राख्ने हो भने कठोर निर्णय लिन सकिन्छ,” । देश बिकास गर्न कालोधन लाई सेतो बनाउन निश्चित समय तोकेर ५ सय र १ हजारको नोट लाई यथास्थितिमा राखेर सानो नोट छपाइ धेरै गर्ने त्यसैले कुराले चिउरा भिज्दैन काम गरेर सरकारले देखाउन अनुरोध गर्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments