काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौला आज बालुवाटारमा छलफल भएको छ ।
उनका अनुसार आज प्रतिनिधिसभा कार्यसूचीअनुसार अघि बढ्नेछ । भोलि सरकारले बजेट ल्याउनुपर्ने भएकाले पनि प्रतिनिधिसभा बैठक सूचीअनुसार अगाडि बढ्ने उनले बताए । उनले भने, ‘प्रतिपक्षीहरूले उठाएका विषयमा सरकारका तर्फबाट आज गृहमन्त्रीज्यूले जबाफ दिनुहुन्छ ।’
बालुवाटारको छलफलमा गृहमन्त्रीको राजीनामाबारे कुरा नउठेको पनि उनले बताए । भिजिट भिसा प्रकरणमा कर्मचारी संलग्न रहेको देखिएकोमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने उनले बताए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए । त्यसपछि स्थगित बैठक बुधबार बिहान ११ बजेलाई बोलाएको थियो । तर, अहिलेसम्म बैठक सुरू हुन सकेको छैन ।