काठमान्डौं:संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते (भोलि) बजेट ल्याउन दिने विषयमा प्रतिपक्षी दलहरु लचिलो देखिएका छन्। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै पतिनिधि सभामा आन्दोलन जारी राखेका उनीहरुले बिहीबारको बैठक भने चल्न दिने संकेत गरेका हुन् । संविधानमा नै उल्लेख भएको विषयमा अवरोध गर्दा फरक सन्देश जाने भएकाले सो अवधिका लागि मात्र सदनको अवरोध हटाउने पक्षमा उनीहरु देखिएका हुन् ।
माओवादीका एक नेताले गृहमन्त्रीको भनाइ अघि आफूहरुले पनि धारणा राख्न पाउनु पर्ने विषयमा कुरा अल्झिएको बताए। सभामुख घिमिरेले सदन सञ्चालनको सहज वातावरण बनाउन अहिले पनि प्रयास जारी राखेका छन् ।