काठमाण्डौ मंसिर २५ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुन एक हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार एक सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा ५५ रुपैयाँले बढेको छ । आज चाँदी ५५ रुपैयाँले बढेर तोलाको तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार सात सय ५० रुपैयाँ थियो ।


