बैजनाथ (बाँके), बैशाख ३१ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–४ मा निर्माण हुन लागेको नयाँ स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बाँके क्षेत्र नं ३ (प्रदेशसभा क) का लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व वनमन्त्री माननीय बादशाह कुर्मी, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाया तथा वडा नं ४ का वडाध्यक्ष प्रेम बहादुर शाहीले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।
स्वास्थ्य पूर्वाधार सुदृढीकरणमार्फत स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित भवन निर्माणको काम अगाडि बढाइएको हो।
संघीय सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयमार्फत बजेट विनियोजनका लागि पहल गर्नुहुने बाँके–३ का संघीय सांसद माननीय किशोर सिंह राठौरप्रति आयोजक पक्षले विशेष धन्यवाद व्यक्त गरेको छ।
यसैगरी बजेट विनियोजनका लागि सहयोग गर्नुहुने माननीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलप्रति पनि आभार व्यक्त गरिएको छ।
स्थानीय स्तरमा अत्यावश्यक स्वास्थ्य सेवा विस्तारमा यो भवन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिनुभयो ।