बाँके:कोहलपुर — कोहलपुर नगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी कोहलपुर रात्रीकालिन क्रिकेट प्रतियोगिता–२०८२ मा बैजनाथ गाउँपालिकाका खेलाडीहरूको उत्साहवर्धन गर्न गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही कोहलपुर खेलमैदानमा पुग्नुभएको छ।
अध्यक्ष शाहीले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना दिँदै भविष्यमा खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो।
बैजनाथ गाउँपालिका ६ न्यु जर्नी युथ क्लबका क्रीकेट खेलाडीहरुले धेरै खेलहरु जितेको ईतिहास छ। छिमेकी पालिकासंग यतिठुलो रकमको खेल भने पहिलो हो।बैजनाथ ६ का वडा अध्यक्ष लगाएत स्थानीय समाजसेवी युवाहरू खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न आएको न्यु जर्नीका सचिव सुमन विश्वकर्माले जानकारी दिए।