बाँके, जेठ १९ — देशभर विस्तार हुँदै गइरहेका राइड शेयरिङ सेवाहरूको विरोधमा बाँकेका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिन लागेका छन्।
आज साँझ एक पत्रकार सम्मेलनमार्फत उनीहरूले औपचारिक रूपमा आन्दोलनको घोषणा गर्ने तयारी गरेका छन्। व्यवसायीहरूले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी (रातो नम्बर प्लेट) सवारीले यात्रु बोक्न नपाउने प्रावधान देखाउँदै राइड शेयरिङ सेवाको कडा विरोध गर्दै आएका छन्।
यसअघि सर्वोच्च अदालतले राइड शेयरिङ सेवालाई उपभोक्ता, श्रम र रोजगारीसँग जोडिएको मौलिक हकको रूपमा व्याख्या गर्दै सम्बन्धित कानुनी व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो। यस्ता छन् माग..
यातायात व्यवसायीहरू भने यस्तो सेवाले पारम्परिक सार्वजनिक यातायात प्रणालीलाई संकटमा पार्ने भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।