कुशल दलामी जेठ २९ शुक्रबार
बाँके, बैजनाथ — बैजनाथ गाउँपालिकाका महिला जनप्रतिनिधिहरूका लागि शुक्रबारदेखि तीन दिने क्षमता अभिवृद्धि ३ दिने तालीम सुरु भएको छ। बैजनाथ गाउँपालिका–५ स्थित कृष्ण कमल पार्टी प्यालेसको सभाहलमा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्नुभएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले उद्घाटन कार्यक्रमबारे जानकारी दिनुहुँदै महिला जनप्रतिनिधिहरूको भूमिका सशक्त बनाउन कार्यक्रम उपयोगी हुने बताउनुभयो।
कार्यक्रममा उपाध्यक्ष निर्मला रोकाया, कार्यपालिका सदस्य र वडा अध्यक्षहरू तथा विभिन्न वडाबाट आएका महिला जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको कार्यपालिका सदस्य रुपा थापाले जानकारी दिनुभयो।
कार्यक्रमले महिला नेतृहरूलाई नेतृत्व विकास, नीति निर्माणमा संलग्नता र कार्यक्षमता विस्तारमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।