Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाबैजनाथका सामुदायिक विद्यालयलाई प्रविधि हस्तान्तरण

बैजनाथका सामुदायिक विद्यालयलाई प्रविधि हस्तान्तरण

कुशल दलामी:शुक्रबार २९ जेठ

बाँके, बैजनाथ — बैजनाथ गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका माध्यमिक तहका सामुदायिक विद्यालयहरूलाई प्रविधि हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले विद्यालयहरूलाई आवश्यक प्रविधि सामग्री हस्तान्तरण गर्नुभएको हो।

शिक्षा शाखाका कर्मचारी लाल बहादुर बोहराका अनुसार, प्रविधि हस्तान्तरण कार्यक्रम माध्यमिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा ल्यापटप, प्रोजेक्टर, इन्टरनेट सेटअप स्पिकर लगायतका सामग्री वितरण गरिएको जनाइएको छ।

गाउँपालिकाले प्रविधि मैत्री शिक्षा प्रणालीलाई अघि बढाउने रणनीति अनुरूप विद्यालयमा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष शाहीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments