Tuesday, July 1, 2025
spot_imgspot_img
Homeयुनिक गतिबिधिराष्ट्रिय दलित पत्रकार संघ,लुम्बिनीको क्यालेन्डर पुर्बमन्त्री सुनार द्वारा विमोचन

राष्ट्रिय दलित पत्रकार संघ,लुम्बिनीको क्यालेन्डर पुर्बमन्त्री सुनार द्वारा विमोचन

कोहलपुर, बाँके — नेपाल सरकारका पूर्व सिंचाई राज्यमन्त्री दल बहादुर सुनारको प्रमुख आतिथ्यमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा केन्द्रिय पार्षद कुशल दलमी र हेमन्त बि क लगाएत संघका,पदाधिकारी पत्रकार, समाजसेवी, राजनीतिक तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्यालेन्डर विमोचन कार्यक्रममा अतिथि वक्ताहरूले दलित पत्रकारिता र सामाजिक न्यायका सवालमा संघले खेलेको भूमिका तथा आगामी दिनमा अझ प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण अतिथि, सहभागी र शुभेच्छुकहरूमा आयोजक संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले कार्यक्रम समापन गरेको प्रदेश कोषाध्यक्ष बिधुत्मा रैकाले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments