Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजस्वरोजगार बन्न चाहने यूवालाई तालिम:उपप्रमुख सुवेदी

स्वरोजगार बन्न चाहने यूवालाई तालिम:उपप्रमुख सुवेदी

शान्ति सुनार
कोहलपुर : कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले नेपालमै बसेर स्वरोजगार बन्न चाहने युवाहरूका लागि तालिम सञ्चालन गरिएको बताउनु भयो । ‘सिप सिकौ स्वरोजगार बनौ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको १० दिने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा बताउनुभएको हो ।

उहाँका अनुसार युवाहरुको मागका आधारमा तालिम सञ्चालन गरिएको हो ।समरसेल मोटर पानीसँग जोडिएको हुँदा गर्मीयाम सुरु भएसँगै पानीको अत्याधिक मात्रामा आवश्यक पर्ने र मोटर बिग्रिएको अवस्थामा दक्ष जनशक्तिको अभाव रहेको उहाँको भनाइ थियो । उक्त समस्या समाधानको लागि तालिमले सहयोगी भूमिका खेल्ने उहाँको भनाइ छ ।

‘तालिम आफैँमा अवसर हो । यो तालिम अलि छोटो भएको छ । आगामी दिनमा मागका आधारमा तालिम सञ्चालन गरिनेछ । तालिममा सिकेका सीपको सही सदुपयोग गर्नुहोला’, उपप्रमुख सुवेदीले भन्नुभयो । उक्त अवसरमा बोल्दै गुरु गणपति इलेक्ट्रिकल फर्मका सञ्चालक गोपाल सुनारले तामिलमा सहभागीहरुले उत्साहित हुँदै तालिम लिएको बताउनुभयो ।

कोहलपुरमा जारी १० दिने समरसेल मोटर पाट्र्स मर्मत तालिम सम्पन्न भएको छ । गुरु गणपति इलेक्ट्रोनिक फर्मको आयोजना र कोहलपुर नगरपालिका आर्थिक सहयोगमा तालिम जेठ २० गते सुरु भएको थियो । कोहलपुर क्षेत्रमा समरसेल मोटर सम्बन्धि दक्ष प्राविधिक नभएको अवस्थामा तालिमले उक्त अभाव पूर्ति गर्ने उहाँको भनाई रहेको छ । तालिममा कोहलपुर नगरपालिका भित्रका विभिन्न वडाका १० जना युवाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियोे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments