बाँके, असार २ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को कोहलपुर नगर कमिटीको दोस्रो नगर अधिवेशन आउँदो असार ७ गते को दिन कोहलपुरस्थित होटल ट्रीटप हेवनको सभाहलमा सम्पन्न हुने भएको छ।
नगर अध्यक्ष शिव प्रसाद डाँगीका अनुसार अधिवेशन तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो ।
सोमबार बसेको नगर कमिटी पदाधिकारी बैठकमा लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुँसेन खानको सहभागितामा अधिवेशन सम्बन्धी तयारीको समीक्षा गरिएको थियो। बैठकले अधिवेशनमा २ सय प्रतिनिधिहरूको सहभागिता रहने जानकारी दिएको छ।
नगर अधिवेशनमार्फत नयाँ ऊर्जावान र सक्षम नेतृत्व चयन गरिने जानकारी नगर सचिव तेज प्रसाद अधिकारीले दिनुभयो।
कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरी विशेष जिम्मेवारीहरू तोकिएको बताइएको छ।