Saturday, July 19, 2025
spot_imgspot_img
Homeराष्ट्रियसरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे बजेट:ज्वाला

सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे बजेट:ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ‘ज्वाला’ ले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन्। आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा सांसद ज्वालाले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसंगठनका कार्यालय बनाउन अर्बौ बजेट बाँडिएको आरोप लगाए।

दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको उनको आरोप छ । ‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ। मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसंगठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ । जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन्। कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेका छन्।केन्द्रमा ३ करोड भन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको छ र बजेट छरपस्ट रूपमा वितरण गरिएको छ,’ उनले भने । बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको आरोप सांसद ज्वालाले लगाए।

पूर्वमन्त्री ज्वालाले सरकारले राष्ट्रिय योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाएको बताएका छन्। ‘केन्द्रमा तीन करोड रुपैयाँमाथिका योजनामा मात्र बजेट विनियोजन गर्ने भन्ने योजना आयोगको निर्देशनलाई धज्जी उडाइएको छ । बजेट छरपस्ट रुपमा वितरण गरिएको छ । बजेट बनाउँदा र वितरण गर्दा नै अनियमितताको गन्ध आएको छ।’ उनले प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका प्रभावशाली नेताको जिल्लामा बजेट थुपारिएको आरोप समेत लगाए। ‘म अर्थमन्त्री ज्यूसँग प्रश्न गर्न चाहन्छु, के देश झापा, रुपन्देही, काठमाडौंको मात्रै हो ? के यही हो बजेटमा सुशासन ? बजेट दुरुपयोगको यो भन्दा नांगो नमूना अरु के हुन सक्छ ?’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments