बैजनाथ–५ स्थित श्री प्रभात नमुना माध्यमिक विद्यालयमा पहिलोपटक अक्षयकोष स्थापना गरिएको छ। स्वर्गीय श्री सुरतसिंह ठकुरीको नाममा स्थापना भएको यस विद्यालयमा अक्षयकोषले अति बिपन्न जेहेन्दार बालबालिकाले शिक्षा प्राप्त गर्नेछन् ।
विद्यालयमा हालसम्म कसैले पनि शिक्षाका लागि अक्षयकोष स्थापना गरेका थिएनन् । यो अभावलाई पूर्ति गर्न स्व. ठकुरीकी धर्मपत्नी श्रीमती लक्ष्मीसिंह ठकुरीले रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार) अक्षयकोषमा जम्मा गरी विद्यालय इतिहासमा अक्षयकोष स्थापना गर्ने प्रथम व्यक्ति बन्नुभएको छ।
विद्यालय परिवार र स्थानीय समुदायले उहाँको योगदानप्रति आभार व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा सामाजिक उत्थानमा यो कोष महत्वपूर्ण हुने बि ब्य स अध्यक्ष दल बहादुर सुनारले विश्वास व्यक्त गर्नुभएको प्रधानाध्यापक बाबुराम अधिकारीले जानकारी दिनुभयो ।